News Category 2070/06/19

पा“च जना बागी उम्मेदबार

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १८ असोज ।
संविधानसभा निर्वाचनका लागि सप्तरीमा स्वतन्त्र उम्मेदबार मध्ये पाँच जनाले पार्टीले टिकट नदिएपछि वागी उम्मेदबारको रुपमा मनोनय दर्ता गराएका छन् । 
नेपाली काँग्रेस सप्तरीका जिल्ला सचिव सबुरलाल साहले क्षेत्र नं. ५ बाट र सोही क्षेत्रबाट एमाओवादीका बौली चौधरी तथा क्षेत्र नं. ४ बाट रामसपाका बिरेन्द्र साह र एकिकृत माओवादीका सूर्यनारायण मण्डलले वागी उम्मेदबारी दिएका हुन् । 
यस्तै दलित जनजाती पार्टीले टिकट नदिएपछि सो पार्टीका जिल्ला कोषाध्यक्ष छेदीलाल पासवानले क्षेत्र नम्बर ५ मा स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दत्र्ता गराउनुभएको छ । 
पार्टीले टिक दिने बताएपनि अन्तिम समयमा पैसाको चलखेलमा टिकट अर्कै व्यक्तिलाई दिएको भन्दै असन्तुष्ट बन्नुभएका पासवानले स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दत्र्ता गराएको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट