News Category 2073/10/01

“सप्तरी युथ” सम्मानित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
राजविराज नगरपालिकाले सप्तरी युथ नेपाललाई सम्मान गरेको छ । जिल्लामा पहिलो पटक ५० हप्ते सरसफाई अभियान प्रारम्भ गर्ने सप्तरी युथ नेपाल शुक्रबार सम्मानित भएको हो । 
नगरपालिकाको शुक्रबार सम्पन्न २० औं परिषद् सार्वजनिकीकरण कार्यक्रममा सप्तरी युथलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरेको छ । 
सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवलाई काँग्रेसका जिल्ला सभापति दिनेश यादवले सम्मान पत्र दिदैं दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट