News Category 2073/10/02

विपन्न परिवारलाई ब्लायङकेट बितरण

दैनिक समाचारदाता

राजविराज÷धर्मी हल्फा महिला विकास क्लवले शनिबार चिसोबाट बच्नका लागि विपन्न परिवारलाई रंगिन ब्लायङकेट बितरण गरेको छ । 
सो क्लबले सप्तरीको इटहरी विष्णुपुर गाविस वडा नं. ६, ७, ८ र ९ रन्जितपुर र गोरगामाका विपन्न, दलित, विधवा र अपाङगरि १ सय २ जनालाई रंगिन ब्लाङकेट बितरण गरेको हो । 
संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्यनारायण यादव, खेलकुद पत्रकार मञ्चका सप्तरी अध्यक्ष मनोज कुमार माझी, दिपक कुमार यादव लगायतले उक्त ब्याङकेट बितरण गर्नुभयो । 
खेलकुद पत्रकार मञ्चका अध्यक्ष माझीको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी रामनारायण यादव, तुलसी यादव, रामचन्द्र यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट