News Category 2073/10/03

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ माघ ।
‘‘भुकम्पीय सुरक्षाको वलियो आधार, भुईचालो थेग्ने घर र भौतिक पुर्वाधार’’ नाराका साथ आइतबार राजविराजमा १९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७३ मनाईएको छ ।
सो दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, सप्तरी तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीको आयोजनामा बिहान स्थानिय शिव मन्दिरको प्राङ्गणबाट प्रभातफेरी समेत निकालिएको छ ।
¥यालीपश्चात् डिभिजन कार्यालय सप्तरीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भूकम्पबाट हुने क्षति, भवन बनाउँदा राष्ट्रिय भवन संहिता २०६० को पालना गर्दै भूकम्प प्रतिरोधात्मक भवन बनाउन तर्फ सबैले सचेत रहनु पर्नेमा जोड दिनुभयो ।
डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख मिलन अचार्यको अध्यक्षमा आयोजित कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, निर्माण व्यवसायीका प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा डिभिजन कार्यालय सप्तरीका ई. सुरेन्द्र कुमार साहले गत बिगत वर्षहरुमा भएका भूकम्पका घटना, त्यसबाट भएका हानी नोक्सानी र भूकम्पबाट बच्नुपर्ने उपायहरुका बारेमा प्रस्तुतीकरण समेत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट