News Category 2070/06/19

सप्तरीमा २ सय ६० जनाद्वारा उम्मेदवारी, ४३ जना स्वतन्त्र

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, १८ असोज ।
आसन्न संबिधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सप्तरीको ६ वटै क्षेत्रबाट २ सय ६० जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
सप्तरीको क्षेत्र नम्बर १ मा ४४ जना, क्षेत्र नम्बर २ मा ५३ जना, क्षेत्र नम्बर ३ मा ४६ जना, क्षेत्र नम्बर ४ मा ४४ जना, क्षेत्र नम्बर ५ मा ३९ जना र क्षेत्र नम्बर ६ मा ३४ जनाले उम्मेदवार मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतहरुको कार्यालयले जनाएको छ । 
यस्तै सप्तरीको बिभिन्न क्षेत्रमा स्वतन्त्र हैसियतमा ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा एक जना, क्षेत्र नम्बर २ मा १३ जना, क्षेत्र नम्बर ३ मा ९ जना, क्षेत्र नम्बर ४ मा १० जना, क्षेत्र नम्बर ५ मा ७ जना र क्षेत्र नम्बर ६ मा ३ जनाले स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट