News Category 2073/10/07

विद्यालयहरुमा छड्के, २३ जना शिक्षक अनुपस्थित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले बिहीबार जिल्लाका बिभिन्न विद्यालयमा छड्के र अनुगमन गरेको छ । सो क्रममा २३ जना शिक्षकहरु अनुपस्थित रहेको भेटिएको छ । 
जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेको नेतृत्वमा गएको टोलीले अनुगमनका क्रममा शिक्षकहरु अनुपस्थित रहेको भेटाएको छ । 
अनुगमन टोलीले जिल्लाको कंकालिनी मावि पोर्ताहामा ७ जना, राजदेवी मावि राजविराजका १० जना, जनता प्रावि फर्सेठ ६ का ३ जना, ज्ञानज्योति लडुबती देवनारायण प्रावि फर्सेठ ८ का २ जना, इस्लामिया प्रावि राजविराजका १ जना अनुपस्थित रहेको भेटाएको छ । 
विद्यालय समयमा अनुपस्थित रहेका शिक्षकहरुलाई कार्वाही गरिने शिक्षा अधिकारी पाण्डेले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट