News Category 2073/10/08

डा. झाको घरमा पुनः चोरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
राजविराज ९ स्थित प्रा. डा. सुनिल कुमार झाको घरमा बिहीबार राती पुनः चोरी भएको छ । 
घरमा कोही नभएको मौका छोपी चोरहरुले घर भित्र रहेको लाखौंको सामानहरु चोरी गरि लगेको छ । 
चोरहरुले घरको मूल ढोकाको ताला तोडेर कोठा भित्र रहेको दराजबाट विभिन्न सामान तथा गरगहानाहरु चोरेर लगेको स्थानियहरुले बताएका छन् । 
घरधनी डा. झा काम विशेषले जिल्ला बाहिर रहनुभएको छ । यस्तै डा. झाको घरमा दुई वर्षअघि पनि चोरहरुले घरमा कोही नभएको मौकाछोपी चोरी गरेका थिए । तर, हालसम्म चोरहरुबारे प्रहरीले पत्ता लगाउन सकेको छैन् । यता प्रहरीले चोरीको घटना बारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट