News Category 2073/10/09

बौकु साह तेश्रो पटक अध्यक्षमा सर्वसम्मत

दैनिक समाचारदाता

राजविराज÷नेशनल प्याब्सन सप्तरीको सम्पन्न पाचौ जिल्ला अधिबेशनबाट पुनः बौकु साह सर्बसम्मतबाट अध्यक्ष पदमा चयन हुनु भएको छ । उहाँको यो तेश्रो कार्यकाल हो । 
शुक्रबार राती सम्पन्न बन्द सत्रबाट साहको अध्यक्षतमा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मतले चयन गरिएको हो ।  
त्यस्तै उपाध्यक्ष नरेश प्रताप साह, सचिब सत्य नारायण चौधरी, सहसचिव दिनेश कुमार साह, कोषाध्यक्ष नरेन्द्र प्रसाद देब, सहकोषाध्यक्ष दुर्गा प्रसाद यादब चयन हुनुभएको छ । 
त्यस्तै सदस्यहरुमा शत्रुध्न प्रसाद साह, रामानन्द चौधरी, दिप नारायण चौधरी, मञ्जय कुमार यादव, सुरेन्द्र प्रसाद साह, प्रकाश चौधरी, विरेन्द्र प्रसाद साह, सञ्जय कुमार चौधरी, ई. राजेन्द्र प्रसाद साह सर्बसम्मतबाट चुनिनु भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट