News Category 2073/10/10

राँगाको आक्रमणबाट मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।  
सप्तरीको कविलासा गाविसमा राँगाको आक्रमणबाट आइतबार एक बृद्धको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कविलासा गाविस ७ निवासी ७१ वर्षीया वच्चिलाल यादव रहेको प्रहरीले जनाएको छ । 
राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यादवलाई घर नजिकै गहँु खातमा गहँु खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरेको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट