News Category 2073/10/10

सहायक प्रजिअलाई विदाई तथा नवआगन्तुक नपा अधिकृतलाई स्वागत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।  
सरुवा भएर जान लागेका सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको विदाई तथा नवआगन्तुक राजविराज नगरपालिकाका कार्यकारी अधिकृतको सप्तरी युथ नेपालले स्वागत गरेको छ । 
जिल्ला प्रशासन कर्याालयमा आईतबार कार्यक्रमको आयोजना गरी सरुवा भएर जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको विदाई तथा नवआगन्तुक राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटाको स्वागत गरेको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी अर्याललाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, स्थानिय विकास अधिकारी सुदेव पोखरेल र सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले खादा ओढाएर प्रशंसा पत्र, मायाको चिनोसहित सम्मान गरेका छन् । 
यसैगरी नगरपालिकाका कार्यकारी अधिकृत सापकोटालाई सप्तरी युथ नेपालका अध्यक्ष देवले अबिर लगाएर स्वागत गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी गौतमले युवाहरुले सप्तरी जिल्लामा गरिरहेको कामको प्रशंसा गर्दै अन्य सामाजिक क्षेत्रमा पनि युवाहरुको सकृयता बढाउनुपर्नेमा जोड् दिनुभयो । 
सप्तरी युथ नेपालका सचिव आयुष श्रेष्ठले संचालन गरेको कार्यक्रममा सदस्य अनबर अलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट