News Category 2073/10/12

प्रहरीद्वारा अवैध घरेलु मदिरा र गाजा नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
ईलाका प्रहरी कार्यालय महुली प्रहरी टोलीले ७० लिटर अवैध मदिरा नष्ट गरेको छ । 
विभिन्न मिति एरियामा चेकजाज गर्ने क्रममा फेला पारेको उक्त आवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बरामद गरिएको मदिरा जिल्लाको बकधुवा ९ महुली खोलामा स्थानिय मानिसहरुको रोहवरमा नष्ट गरेको प्रहरीले जनाएको छ । 
यस्तै ईलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब एक सय गाजाको बोट नष्ट गरेको छ । 
जिल्लाको नेगडा गाबिस वडा नं ४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानियहरुले आफ्नो घर करेसाबारीमा लगाएको उक्त गाजाका बोटहरु नष्ट गरेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट