News Category 2073/10/12

जबरजस्तीकरणी गर्ने यूवक पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ माघ । 
सप्तरी कन्चनरुप नगरपालिकाका दुई बालिकालाई जबरजस्ती करणी गर्ने यूवकलाई प्रहरीले पक्राउ गरेको छ । 
विभिन्न बरबाहानामा फकाईफुलाई गरी फोन मार्फत बोलाएर विरेन्द्र बजारसम्म पु¥याइ दिने भन्दै जिल्लाको तेरहौता ८ बस्ने २० वर्षिय सुरेश कुमार सरदार समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरी जबरजस्ती मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।                                      

प्रतिकृया दिनुहोस

ताजा अपडेट