अवैध बालुवा ओसार पोसार गर्ने पाँच ट्याक्टर नियन्त्रणमा
Thursday, January 26, 2017
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको पिप्रा पश्चिम गाविस ७ तेहरी खोलाबाट अनाधिकृत तरिकाबाट बलुवा उत्खनन गरी लोड गर्दै गरेको पाँच ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले स १ त २०३२, स १ त ४९०७, स १ त ५००६, स १ त ४५९६ र स १ त १७८० नम्बरका ट्याक्टर र चालकहरु समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला विकास समितिको कार्यालय सप्तरी राजविराजमा पठाएको जनाएको छ ।