News Category 2073/10/15

मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज संचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 
सप्तरीको बसबिट्टी गाविसस्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबारदेखी मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि. औपचारिक रुपमा संचालनमा आएको छ । 
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले सो इन्डष्ट्रिज प्रा.लि.को रिबन काटेर उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै कार्यकारी निर्देशक ढुंगेलले राज्यले डेरी उद्योगलाई समेत अपेक्षा गरिरहेको आरोप लगाउनु भयो । उहाँले राज्यको उपेक्षाका कारण अहिले मुलुकमा निजि क्षेत्रको लगानीमा डेरी उद्योगहरु संचालनमा रहेको भन्दै निजि क्षेत्रकै डेरी उद्योगका कारण जनताले गुणस्तरिय दुध पिउन पाइरहेको बताउनुभयो । 
सोही कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष सुमित केडियाले निजि क्षेत्रको लगानीले गर्दा अहिले नेपाली जनताले सेवा सुविधा पाउनुका साथै रोजगारीको अवसर समेत सेजान भएको जिकिर गर्नुभयो । 
सोही उद्घाटन कार्यक्रममा सप्तरीका स्थानिय विकास अधिकारी सुदेव पोखरेलले जिल्लाको विकासका लागि निजि क्षेत्रको योगदान सहनिय रहेको भन्दै जिविस सप्तरीले यसका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि.का निर्देशक राघो प्रसाद सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका उद्योगि, व्यापारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
मिलन डेरीको नाममा २०६३ सालमा सप्तरीमा पहिलो पटक हातबाटै दुग्ध पदार्थ उत्पादन गर्ने विधी प्रयोगमा ल्याएपछि त्यसबाट हाइजेनिक नहुने र बजारको माग पूर्ति समेत नहुने देखिएकोले हाल अटोमेटिक प्लान्ट स्थापना गरेको हो । हाल यस उद्योगले सप्तरी लगायत सिरहा, धनुषा र सिन्धुली जिल्लामा आफ्नो उत्पादन पु¥याइरहेको छ । यस उद्योगबाट दुध, दही, पनिर, घ्यु, आइसक्रिम र खोवा लगायतका दुग्ध पदार्थ उत्पादन गर्दै आइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट