News Category 2073/10/15

निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ माघ । 
सामुदायिक सेवा केन्द्र सप्तरीको आयोजनामा पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाको देवी जोगेन्द्र भगत) रुपनीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
लाइफ गार्ड हस्पिटल बिराटनगरका ९ जना डाक्टर तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजका डाक्टरहरुले समेत शिविरमा उपचार गरेका छन् । 
सम्पन्न स्वास्थ्य शिविरमा ७ सय ५० जना बढी बिरामीहरुले उपचार गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
उक्त शिविरमा जिल्ला प्रहरी कार्यालय सप्तरी, पूर्व क्षेत्रिय प्रहरी अस्पताल रुपनी, लाइफ गार्ड हस्पिटल बिराटनगरको सहकार्यमा संचालन भएको हो । 
शिविरको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख दिवेश लोहनीले उद्घाटन गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट