News Category 2073/10/16

देवरको हत्या गर्ने भाउजुलाई जन्मकैद

दैनिक समाचारदाता

राजविराज÷दशवर्षीय देवरको हत्या गर्ने भाउजुलाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । 
जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले नाबालक प्रमोद कुमार साहको हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
सप्तरीको फकिरा गाविस वडा नं. ५ निवासी मृतकका बुबा उमेश कुमार साहले निजआरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
नाबालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज ६ स्थित कल्भर्ट नजिक २०७३ बैशाख २८ गते मंगलबार विहान शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानबाट नाबालकको हत्यामा उनकै २० वर्षिया भाउजु संजिला देवी यादवले घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको थियो । 
मृतकका भाउजु संजिला देवी यादवले देवर प्रमोदलाई झगडा गरेको विषयमा झगडा नगर भनि गाली गर्दै घाँटीमा अठ्याएपछि प्रमोद गम्भिर घाईते भएको थिए । घाइते पश्चात् प्रमोद जिवित रहेमा सासु, ससुरा लगायत घर परिवारका सदस्यहरुलाई भन्ने र आफु घर परिवारबाट तिरस्कृत हुने डरले पुनः घाँटी थिची मारेको प्रहरीले जनाएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट