News Category 2073/10/17

आगो ताप्ने क्रममा सुत्केरी महिलाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
सप्तरीको छिन्नमस्ता गाबिसमा एक सुत्केरी महिलाको आगो थाप्ने क्रममा जलेर –मृत्यु भएको छ । 
छिन्नमस्ता गाविस १ का जितेन्द्र मण्डलकी श्रीमती २४ वर्षिया आशा देवी मण्डल १६ दिने बच्चालाई घरमा घुर बाली आगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् । 
आगो ताप्ने क्रममा निजको साडीमा आगो लागेपछि शरिर भरी आगो सल्केर घाईते भए पश्चात् उनलाई उपचारका लागी धरानस्थित घोपामा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट