News Category 2070/06/22

ज्वाला सिंहको जिल्ला कमाण्डर पक्राउ

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २१ असोज । 
संविधानभा निर्वाचनको मिति नजिकैजाँदा सप्तरीमा अपराधिक प्रवृतीका मानिसहरुको आगमन भइरहेको सूचना पाएपछि प्रहरीले सशस्त्र भूमिगत समूह ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला कमाण्डरलाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सप्तरीको लौनिया गाविस १ निवासी मनिस भनिने भुवनेश्वर मण्डल रहेका छन् । मण्डललाई प्रहरीले जिल्लाको लालापट्टी गाविस वडा नं. ३ बाट पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 
प्रहरी उपरिक्षक अमात्यले पक्राउ परेका मण्डल विगतमा जयकृष्ण गोइत नेतृत्व अखिल तराई मुक्ति मोर्चाका क्षेत्रिय कमाण्डर तथा पार्टी विभाजन पश्चात् ज्वाला नेतृत्वको समूहमा जिल्ला कमाण्डरको रुपमा कार्यरत रहेको जानकारी दिनुभयो । 
उहाँले सुरक्षा व्यवस्था कडा पार्न प्रहरीले अपराधिक प्रवृतिका व्यक्तिहमाथी कडा निगरानी राखिरहेको जानकारी दिनुभयो । 
विगतदेखी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको मण्डलमाथी २०६६ साल चैत ३१ गते सप्तरीको लौनिया १ निवासी शैलेश कुमार मण्डललाई हत्या गरेको आरोप, चारवटा अपहरण तथा  बसमा आगजनी गरेको मुद्दाहरु रहेको प्रहरीले जनाएको छ । 
यता पक्राउ परेका मण्डलले भारतको हडियाहीस्थित ससुराली घरमा आराम गरिरहेका बेला प्रहरीले पक्राउ गरेको बताएका छन् । जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा आफू गत २८ महिनादेखि लागेको र आफ्नो समूह सरकारलाई हतियार बुझाई वार्तामा रहेको उनले पत्रकारहरूलाई बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट