News Category 2073/10/20

मुसहरबस्तीमा ब्लाङकेट बितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
धर्मीहल्फा महिला बिकास क्लवले जाडोवाट बच्नका लागि सप्तरीको तोपास्थित मुसहरबस्तीमा ब्लाङकेट बितरण गरेको छ । 
पछिल्लो केही दिन यता जाडो बढ्दै गएको न्यानो कपडाको अभावमा स्थानिय मुसहर समुदायलाई समस्या भईरहेको अबस्थामा क्लवले तोपाका ४० परिवार मुसहरलाई ब्ुधबार न्यानोका लागि ब्लाङकेट बितरण गरेको हो । 
आयोजित कार्यक्रममा क्लवका अध्यक्ष ईन्जिनयर सुर्यनारायण यादब, कान्तिपुर संवाददाता अवधेशकुमार झा, कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण बिश्वास, समाज बिकास अभियान नेपाल तोपाका उपाध्यक्ष अशोककुमार यादब, सदस्य तजमुल मंसुरी, मुसहर समुदायका स्थानिय अगुवा मानतीदेबी सदा र देवन सदा लगायतले उत्तः ब्लाङकेट हस्तान्तरण गर्नुभयो । 
एकसाता यता हनुमाननगरमा ४०, देउरी भरुवामा ९५, बोरियाका ७५, रंजितपुरको मुसहरबस्तीमा १ सय, तिलाठी गाबिसको वडा नम्बर ८ र ९ मा एकसय, सडेपारमा ४० र छपकी भथौलमा ४०, तोपास्थित डोमबस्तीमा ४० ब्लाङकेट बितरण गरिएको क्लबका अध्यक्ष इं सूर्यनारायण यादवले जानकारी दिनुभयो । उहाँले बुधवारै छिन्नमस्ता गाबिस स्थित सखडाका ६५ परिवारलाई पनि ब्लाङकेट बितरण गरिएको बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट