News Category 2073/10/21

फिलिपिन्सी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार एक जना विदेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।
जिल्लाको कंचनरुप नगरपालिका ८ निवासी सौरभ श्रेष्ठसँग विवाह गरेको प्रमाणको आधारमा फिलिपिन्सको बयाननकी जेनिभि जेवियर डल्लाभिन श्रेष्ठलाई उक्त नागरिकता प्रदान गरिएको हो ।  
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार डल्लाभिनलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नागरिकता प्रदान गर्नुभयो । 
सो अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतत्रेय प्रेम कुमार उपाध्याय, जनक कोइराला र रोहित भट्टराई समेतको उपस्थिति रहेको थियो ।
नागरिकता प्राप्त गरेपछि डल्लाभिनले अब आफू पनि नेपाली नागरिक भएकोमा खुशी व्यक्त गरिन् । उनका पति सौरभले भने पाँच वर्ष अघि बैदेशिक रोजगारका लागि मलेशिया गएको बेला डल्लाभिनसँग प्रेम बसेपछि विवाह गरेको बताउनुभयो । हाल दुबैको एक छोरा र एक छोरी छिन् । 
यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले एक जना बंगलादेशी महिलालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट