News Category 2073/10/21

डा. राउत जनकपुरबाट पक्राउ राज्य विप्लवको मुद्दा लगाउने तयारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले बिहीबार जनकपुरबाट पक्राउ गरेको छ । 
जनकपुरस्थित माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले डा. राउतलाई पक्राउ गरेको जनाएको छ । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आउनु भएको छ ।
माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेको समयमा देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिराहाले उहाँको नाममा पक्राउ पूर्जी जारी गरेको जनाइएको छ । उहाँलाई सिराहा नै पठाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यता प्रहरी श्रोतका अनुसार राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी भइरहेको छ । यसअघि राउतविरुद्ध विशेष अदालतमा राज्य विप्लवकै मुद्दा चलेको थियो । तर, उहाँ धरौटीमा छुट्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट