News Category 2073/10/21

सांसद झाद्वारा तिलाठीमा बृद्धाआश्रमको शिलान्यास

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
ब्यवस्थापिका संसदको महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झाले सप्तरीको तिलाठी गाविसमा बिहीबार बृद्धाआश्रमको शिलान्यास गर्नुभएको छ । 
सांसद झाकै पहलमा उहाँको सासु प्रेमलता देवी ठाकुरले तिलाठी ७ मा झण्डै २५ लाख मूल्य पर्ने ३ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि बृद्धाआश्रमको निर्माण थालिएको हो ।
जग्गादाता प्रेमलता देवी ठाकुरले स्व. पति दुखमोचन ठाकुरको स्मृति एवम् सम्मानमा निःशुल्क जग्गा उपलब्ध गराइएको बताउँदै सो बृद्धाश्रमको नामाकरण पनि स्व. पतिको नाम जोडेर गरिने जानकारी दिईन ।
६ कोठे विश्राम कक्ष, भान्सा कोठा, वाथरुम, शौचालय, धार्मिक ग्रन्थ सहितको पुस्तकालय तथा कम्पाउण्ड वाल लगायतका निार्मण कार्य गरिने बृद्धाश्रम निर्माणमा झण्डै ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुविधा सम्पन्न बृद्धाआश्रम दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा समेत गरिएको छ । 
जसमध्ये महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति झाले सांसद विकास कोषबाट करिब १६ लाख रुपैयाँ उपलब्ध गराउने भएकी छिन् । अन्य रकम स्थानीय श्रोत सहयोग तथा जनश्रमदानबाट जुटाउने सभापति झाको तयारी छ ।
सांसद झाले विहीवारै सोही गाविसस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा निर्माण हुने २ कोठे ब्लक भवनको शिलान्यास समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट