News Category 2073/10/21

सखडाका विपन्नलाई ब्लायङकेट प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० माघ । 
सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडामा बिहिबार विपन्न परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट वितरण गरिएको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौंको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीले त्यहाँका १ सय भन्दा बढी परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट वितरण गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवी ई.सुर्य नारायण यादवको अध्यक्षता तथा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालकी स्त्री रोग विशेषज्ञ डा.दिपा यादवको प्रमुख आतिथ्यमा आयोजित सो वितरण समारोहमा लालापटी गाबिसका निवर्तमान गाबिस अध्यक्ष निर्मल यादव, स्थानीय संचारकर्मी राजकुमार मण्डल, अशोक शर्मा, ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज सुनिल कुमार यादव, स्वास्थ्य चौकी सखडाका अहेबद्वय अजय झा, मदनेश्वर चौधरी सहितकाहरुले त्यहाँका विपन्न परिवारलाई चिसोबाट जोगिन रंगिन ब्लायाङकेट प्रदान गरेको छ । 
क्लवले यसअिघ जिल्लाको विभिन्न गाबिसका हजारौ विपन्न परिवारलाई समेत रंगिन ब्लायाङकेट वितरण गरिसकेको क्लवका अध्यक्ष ई.यादवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट