News Category 2073/10/22

जिल्ला बारद्वारा डा. राउतको रिहाईको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
डा. सिके राउतलाई राज्यद्वारा गरिएको गैर कानुनी पक्राउको सप्तरी जिल्ला बार ईकाइ राजविराजले घोर भत्सर्ना गरेको छ ।
मानव अधिकार तथा सरोकार समिति जिल्ला बार एशोसिएशनका संयोजक अधिबक्ता मिना कुमारी देव र सप्तरी जिल्ला बार एशोसिएशन सप्तरीका सचिव उदित नारायण यादवद्धारा शुक्रबार संयुक्त रुपमा जारी विज्ञप्तीमा नेपाल अधिराज्यको संविधान २०७३ द्वारा प्रद्धत्त मौलिकहकहरु तहत मानव अधिकारको रक्षा, शान्ति, पुर्ण भेला गर्न पाउने, बिना हात हतियार सभा जुलुस गर्न पाउने तथा आफनो स्वतन्त्र अभिब्यक्ति दिन पाउने जस्ता मौलिक हकअधिकारमाथि कुठाराघात हुने गरी गरीएको सरकारी कदम गैर संविधानिक एवं निन्दनीय रहेको जनाईएको छ ।
साथै डा.राउतको गैरकानुनी पक्राउ प्रति सप्तरी जिल्ला अदालत बार एशोसिएशनले घोर भत्सर्ना गर्दै राउतलाई बिना शर्त रिहा गर्नुपर्ने माँग गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट