News Category 2073/10/22

मोटरसाइकलको ठ्रक्करबाट अपरिचित व्यक्तिको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
सप्तरी मधुपट्टी गाविस वडा नं. ९ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आइरहेको नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना अपरिचित व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । 
गस्कालो बर्ण, कपाल अर्ध फुलेको, पातलो शरिर, हरियो ट्राउजर, सेतो सर्ट, सुन्तला रंगको भेष्ट लगाएको र साथमा सेतो गम्छा भएको अन्दाजी ५५÷६० वर्षिय पैदल यात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यता मृत्यु भएक व्यक्तिको शवलाई पोस्मार्टमका लागि रा.उ स्मारक अस्पताल लाहान सिराहा पठाइएको र मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेकोले खोजतलास जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट