News Category 2073/10/24

संविधान संशोधनको माँग र स्थानिय तह पुर्नसंरचनाको बिरोध गर्दै मोर्चाद्वारा प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
परिमार्जनसहित संविधान संशोधनको मांग र स्थानिय तह पुर्नसंरचना प्रतिवेदनको बिरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आइतबार राजविराजमा प्रदर्शन गरेको छ । 
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको बिरोध जुलुसले राजविराज नगरको परिक्रमा गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । सोही स्थानमा मोर्चाले स्थानिय तह पुर्नसंरचना आयोगको प्रतिवेदन समेत जलाएको छ । 
मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित बिरोध सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव, सद्भावनाका केन्द्रिय सदस्य दिनेश यादव, तमलोपाका केन्द्रिय सदस्य बिजय यादव, रामसपाका युवा लिगका केन्द्रिय सचिव भुपेनद्र यादव, तमसपाका जिल्ला अध्यक्ष कपिलदेव यादव लगायतले सरकार र मधेशी मोर्चाबीच भएको सहमति अनुसार परिमार्जनसहित संविधान संशोधन र जनसंख्याको आधारमा स्थानिय तह पुर्नसंरचना हुनु पर्ने मांग गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट