News Category 2070/06/22

सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २१ असोज । 
आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।
मनोनयन दत्र्ता गराएसँगै बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मत माग्न अहिले जनताको घरदैलोमा पुग्न थालेका छन् । 
आफु बिजयी भए जनताको पक्षमा संबिधान बनाउने कसम खाँदै उम्मेदवारीले मतदातालाई भेटेर आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न थालेका छन् । 
कतिपय उम्मेदवारले मोटरसाइकलमा आफ्नो दलको चुनाव चिन्ह भएको झण्डा  बोकेर गाउँ पस्न थालेका छन् भने कतिपय उम्मेदवारहरु जिप मारुती लगायतका साधनमा झण बोकेर प्रचारप्रसार गर्नजुटेका छन् ।
दैनिक जसो मतदाताहरुसँग अन्तरक्रिया गर्ने दलका उम्मेदवारहरु आफ्ना समर्थकहरुसँगै मतदाताहरुको घरदैलोमा पुग्न थालेपछि गाउँ घरमा समेत राजनीतिक गतिबिधीहरु बढ्न थालेका छन् । 
सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको चुनाव प्रचारप्रसारले तिब्रता पाएपछि गाउँ गाउँमा चुनावको माहौल बन्दै गएको छ ।
उम्मेदवारहरु आफ्नो चुनावी एजेण्डा बोकेर गाउँ गाउँमा चुवना प्रचारप्रसार गर्न जुटेपछि सप्तरीको चियापसलदेखि जमघट हुने स्थानहरुमा समेत चुनावी चर्चा परिचर्चा हुन थालेका छन् ।
अघिल्लो संबिधानसभाको निर्वाचनमा भन्दा यसपालिको चुनावमा उम्मेदवारको संख्या बढी भएकाले पनि चुनावी प्रचारप्रचार बढेको स्थानियहरु बताउँछन् । दैनिक दश देखि १५ वटा दलका उम्मेदवारहरु गाउँमा चुनाव प्रचार प्रसारका लागि आउने गरेको सप्तरीको बोदे बर्साइन गाविसका प्रमोद यादव बताउनुहुन्छ । 
पहिलो संविधानसभाले नयाँ संविधान बनाउन नसकेपछि निराश बनेका सप्तरीबासीहरु दोस्रो संविधानसभाको निर्वाचनले नयाँ संविधान बनाउन सक्नेमा सतप्रतिशत विश्वस्त हुन नसकेपनि नेताहरु इमान्दार भए संबिधान निर्माण भने असम्भव नभएको बताउनुहुन्छ । 
सत्तास्वार्थमै नेताहरु केन्द्रीत भएकाले संबिधान बन्न नसकेपनि अबको निर्वाचनमा इमान्दार र संबिधान बनाउन सक्ने उम्मेदवारलाई मतदान गर्ने यहाँका बौधिक व्यक्तित्वहरु बताउनुहुन्छ । 
नेपालमै सबैभन्दा बढी ११४ गाविस भएको सप्तरीमा फोटो सहितको मतदाता नामावलीमा २ लाख ९७ हजार ६ सय २४ मतदाता रहेका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी सप्तरीमा प्रत्यक्षतर्फ २ सय ६० जनाले आ–आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट