News Category 2073/10/24

केअ माविको अध्यक्षमा धीरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजविराजस्थित केशो अनिरुद्धवत्ति मावि विद्यालयको आईतबार सम्पन्न एक भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मतले चयन गरेको छ । 
सम्पन्न भेलाबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धिरेन्द्र कुमार बर्मा धिरुलाई सर्वसम्मतबाट चयन गरेको हो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा क्रमशः अमृत लाल यादव, संतोषी चौधरी, कविता कुमरी साह, निलम देवी सिंह, ओम प्रकाश साह र सदस्य सचिवमा विद्यालयका प्रअ फुलेश्वर मण्डललाई चयन गरिएको छ । 
सो भेलामा विद्यालयका प्रअ मण्डलसहित निवर्तमान विद्यालय व्यस्थापन समितिका अध्यक्ष बलराम यादव लगायतले नव समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट