News Category 2073/10/25

जिविसका कर्मचारीले सांसदसँग पनि पिसी लिन्छन् ः सांसद देव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ माघ 
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं सांसद जितेन्द्र नारायण देवले जिल्ला विकास समिति सप्तरीका कर्मचारीहरुले संसदीय विकास कोषको बजेटबाट हुने विभिन्न कार्यमा रकम लिने गरेको आरोप लगाउनु भएको छ । 
जिल्लाको समग्र विकासको सन्दर्भमा सोमबार राजविराजमा वरिष्ठ उपाध्यक्ष देवले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो आरोप लगाउनुभएको हो । 
उहाँले संसदीय विकास कोषको बजेटमा समेत कर्मचारीहरुले रकम (पीसी) माग गर्नु जिल्लाको विकासका लागि दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै सांसदहरु समेत एकजुट नभएकोले यस्तो अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले संसदीय विकास कोषको रकमबाट हुने कार्यमा सांसदहरुले उपभोक्ता समिति निर्माण गरि सोबाट रकम लिने गरेको आरोप समेत लगाउनुभयो ।  
सोही पत्रकार सम्मेलनमा सांसद देवले विभिन्न कार्यका लागि निर्माण भएको उपभोक्ता समितिको अनुगमन समेत नभएकोले बजेको दुरुपयोग हुने शंका उत्पन्न भएको भन्दै गठित समितिहरुको अनुगमन समेत गर्नुपर्ने उल्लेख गर्नुभयो । 
उहाँले आफू चाडै नैं जिल्लाका सम्पूर्ण सांसदहरुसँग छलफल गरेर जिल्लाको विकासीय कार्यमा एकजुट भएका अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा सांसद देवले अपूरो, अधुरो र आंशिक संविधान मधेशी दलहरुको सहमति मै संशोधन हुनपर्नेमा जोड दिनुभयो । उहाँले मधेशी, दलित, पिछडिएका, मुश्लिम लगायतको समुदायको समर्थनमा संविधान संशोधन नभए मुलुक अफ्ठ्यारोमा पर्ने जिकिर गर्नुभयो ।  
उहाँले संघीयता र गणतन्त्रको बिरोधमा अहिले नेकपा एमाले नेतृत्व गरिरएको आरोप समेत लगाउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट