News Category 2073/10/25

कानुन व्यवसायीद्वारा अदालतमा धर्ना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ माघ 
उच्च अदालतका न्यायाधिशहरुको नियुक्तिमा नेपालको संविधान र न्याय परिषद् ऐनको गम्भिर उलंघन भएको भन्दै सोमबार पुनरावेदन बार एकाई राजविराज र जिल्ला बार सप्तरीका कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । 
उच्च अदालत जनकपुर राजविराज इजलास र जिल्ला अदालत सप्तरीको मूल गेटमा दुबै बारका पदाधिकारी तथा आवद्ध कानुन व्यवसायीहरुले बिहान ११ देखी दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् । 
यसअघि माघ ११ गतेदेखी नै दुबै अदालतमा कानुन व्यवसायीहरुले इजालास बहिष्कार गर्दैै आइरहेका छन् भने आन्दोलनका कार्यक्रम अनुसार सोमबार दुई घण्टा धर्ना दिएका हुन । यस्तै उनीहरुले माघ २७ गते बार सदस्यबाट सामूहिक राजीनामा दिने घोषणा समेत गरेका छन् ।
यता कानुन व्यवसायीहरुले माघ २९ गतेसम्म अदालतको इजलास बहिस्कार गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै सोही दिन आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट