News Category 2073/10/26

अधिकांश गहना पसल अनुमति नलिई संचालन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 
गुणस्तरीय नापतौल क्षेत्रीय कार्यालय विराटनगरको एक टोलीले मंगलवार राजविराजका गरगहना पसलको अनुगमन गरेको छ ।
गरगहनाको नाप तौलमा घटी भइरहेको उपभोक्ताहरुको गुनासो पश्चात् नापतौल क्षेत्रिय टोलीले सो अनुगमन गरेको हो ।
कार्यालयका निरीक्षक दिपेन्द्र रोक्काको नेतृत्वमा उपभोक्ता मञ्च, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा पत्रकार महासंघका प्रतिनिधि सम्मिलित टोलीले अनुगमनका क्रममा अधिकांश गहना पसल अनुमति नै नलिई सञ्चालनमा रहेको टोली प्रमुख रोक्काले जानकारी दिनुभयो ।
प्रमुख रोक्काले स्विकृती नलिई संचालनमा रहेका पसलहरुलाई तीन दिन भित्र इजाजत पत्र लिन निर्देशन दिएको तथा त्यसको अवज्ञा गरे कानून बमोजिम कारवाही प्रकृया अघि बढाउने जानकारी दिनुभयो ।
यसैबीच अनुगमनकै क्रममा स्थानीय गणेश ज्वेलर्स पसलमा गहना नापतौलका लागि प्रयोग गरिने काँटामा गडबडी पाइएपछि नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट