News Category 2073/10/28

मधेशका दुई सय वकिलले दिए सामूहिक राजिनामा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 
न्यायाधीश नियुक्तिको विरोध गर्दै माघ ११ गतेदेखी अदालतको इजलास समेत बहिष्कार गर्दै आएका मधेशका दुई सय वकिलहरुले बिहीबार सामूहिक राजिनामा दिएका छन् । 
नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीलाई बिहीबार दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले सामूहिक राजीनामा बुझाएका हुन् ।
नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुकहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीरकुमार कर्णले जानकारी दिनुभयो ।
राजिनामा बुझाउनु अघि दुई नम्बर प्रदेशका वकिलहरुले बार परिसरभित्र नाराबाजी गर्दै माथिल्लो तलामा गएर अध्यक्ष शेरबहादुर केसीलाई सामुहिक राजीनामा बुझाइएका थिए ।
हालै न्यायपरिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै नेपाल बारको आह्वानमा देशभरका सरकारी वकिलहरुले समेत आन्दोलन गरेका थिए । तर, आन्दोलनकै क्रममा बारले सर्बोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै दुई नम्बर प्रदेशका वकिलहरु असन्तुष्ट जनाएको थियो ।
यता राजीनामा बुझाउने क्रममा कर्णले सर्बोच्चसँग गरिएको सम्झौता खारेज र संविधानमा भएको समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनका लागि बारले कुनै कदम चाल्यो भनेमात्रै सोच्न सकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट