News Category 2073/10/28

स्विट सेन्टरका संचालक पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 
राजविराज नगरपालिका ३ स्थित आदर्श स्विट सेन्टरका संचालकलाई कालोबजारी गरेको आरोपमा बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
सेन्टरका संचालक ४२ वर्षिय उमेश प्रसाद साहले पसल भित्र सडेगलेको अवस्थामा बासी समोसालाई ताजा गरि बिक्रि गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
उक्त सडेगलेको समोसा खरिद गरी खाने स्थानीय ब्यक्तिहरु बिरामी भए पश्चात् मौखिक रुपमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा मिठाई पसलबाट समोसासहित पसलका संचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
यता प्रहरीले संचालक साहलाई कालोबजारी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट