News Category 2073/10/29

बैदेशिक रोजगारीमा गएका थप एक सप्तरीवासीको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 
वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीका एक यूवककोे शुक्रबार मृत्यु भएको छ । 
सप्तरी बेल्ही चपेना गाविस ३ निवासी २४ वर्षीय धर्मेन्द्र मण्डलको मृत्यु भएको हो । उनी केही दिनदेखी बिरामी रहेको पारिवारिक श्रोतले जनाएको छ । 
मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया गएका थिए ।
यसअघि १० दिन अगाडि साउदी अरेबियामा सप्तरीको देउरी भरुवा ३ निवासी २४ वर्षिय प्रविण झाको बाटो काट्ने क्रममा बसकाृ ठक्करबाट मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट