News Category 2073/11/02

मतदाता नामावली प्रकाशन नगरेको भन्दै विद्यार्थी संगठनहरुद्वारा प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ फागुन । 
मधेसी मोर्चा आबद्ध विद्यार्थी संघसंगठनहरुले तालाबन्दी गरेपछि मतदाता नामावली प्रकाशन नगरेको विरोधमा विद्यार्थी संगठनहरुले आईतबार राजविराजमा प्रदर्शन गरेको छ ।
राजविराजस्थित मविव क्याम्पसले सो बहाना बनाउदै क्याम्पस प्रशासनले मतदाता नामावली प्रकाशित नगरेको विरोधमा अनेरास्ववियु तथा नेवि संघका कार्यकर्ताहरुले क्याम्पस अगाडी प्रदर्शन गरेका हुन ।
स्ववियु निर्वाचनमा विभिन्न बहाना बनाई चुनाव नगर्ने षड्यन्त्र गरेको भन्दै अनेरास्ववियु र नेविसंघद्वारा मबिब क्याम्पस अगाडि आन्दोलन गर्दै मतदाता नामावली प्रकाशित अविलम्व गर्नुपर्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट