News Category 2070/06/23

छोटी भन्सार कार्यालय पुर्नस्थापना

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २२ असोज । 
स्थानियहरुको सक्रियतामा सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको छ ।
रामनगर कोदरकट्टी–३ मा छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको हो । भारतीय सिमासँग जोडिएका उक्त छोटी भन्सार कार्यालय पुर्नस्थापना नहुँदा बर्षेनी राजस्व असुली घट्दै गएको थियो । 
छोटी भन्सार कार्यालय पुर्नस्थापना नहुदाँ तस्करहरु सक्रिय भएर ब्यापक रुपमा तस्करी हुने गरेकाले छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको राजविराज बेल्ही भन्सार कार्यालयका प्रमुख धु्रबराज विश्वकर्माले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट