News Category 2073/11/05

फोरम नेपालको नयाँ नेतृत्वका लागि मतगणना जारि, दिनेश यादव अगाडी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
संघिय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना कार्य जारी रहेको छ । 
मंगलबार साँझ सम्पन्न निर्वाचनको मतगणना कार्य अन्तरगत जिल्ला अध्यक्षमा दिनेश कुमार यादव अगाडी रहनु भएको छ । ५१ सदस्यीय नयाँ जिल्ला कार्य समितिका लागि १५ जना सदस्य यसअघि निर्विरोध निर्वाचित भइसकेका छन । 
प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार सप्तरी क्षेत्र न. १ मा दिनेश कुमार यादवले ६० मत, सुरेन्द्र यादवले १२ मत, क्षेत्र न. ५ मा दिनेशले ६१ र सुरेन्द्रले ४१ मत, क्षेत्र नं. ५ मा दिनेशले ६१ र सरेन्द्रले ४१ मत तथा क्षेत्र नं. २ मा दिनेशले १ सय १९ र सुरेन्द्रले १४ मत प्राप्त गर्नुभएको छ । 
जिल्ला अधिवेशनका लागि खुल्ला तथा भुगोल तर्फ २८ वटा सीट छुट्टयाइएको छ । जस अनुसार क्षेत्र नं. १ मा ३, क्षेत्र नं. २ मा ५, क्षेत्र नं. ३ मा ६, क्षेत्र नं. ४ मा ६, क्षेत्र नं. ५ मा ४ र क्षेत्र नं. ६ मा ४ सीट छुट्टयाइएको छ । 
यस्तै जिल्लाको ६ वटै क्षेत्रहरुबाट समावेशी तथा समानुपातिकमा महिलातर्फ ८, आदिवासी जनजातीतर्फ ६ र मुश्लिमतर्फ २ सीट गरि जम्मा २२ सीट छुट्टयाइएको छ । 
यसअघि माघ २९ गते संघीय समाजवादी फोरम नेपालको प्रथम जिल्ला अधिवेशनको पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट