News Category 2073/11/05

आगलागीबाट १५ लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
सप्तरीको पोर्ताहा गाबिस ५ मा मंगलबार साँझ आगलागी हँुदा करिब १५ लाख बराबरको क्षति भएको छ । 
स्थानीय चन्द्रदेव खिडहरी यादवको घरबाट अचानक सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ  । 
आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी सप्तरीको तरही गाबिस ९ मा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ । स्थानीय जितेन्द्र हजामको गाईको गोठबाट अचानक सल्केको आगलागीमा करिब १० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यता आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रण आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट