News Category 2070/06/24

सप्तरीमा २ सय ५० जना उम्मेदबार आठ जनाद्वारा उम्मेदवारी फिर्ता, दुईको रद्द

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २३ असोज । 
निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
निर्वाचन आयोगले गरेको अन्तिम नामावली अनुसार सप्तरीमा ६ वटै क्षेत्रमा २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । 
यसैबीच संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 
सप्तरीको क्षेत्र नम्बर १ मा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका ललन चौधरी र सोसल रिपब्लिकन पार्टीका तर्फबाट क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका मो. इजहार अलीले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्र नम्बर २ का फाजिल मन्सुरी, क्षेत्र नम्बर ३ का शिवप्रताप साह र पंकज झा, क्षेत्र नम्बर ४ का गुञ्जेश्वर यादव र अमरनाथ यादव र क्षेत्र नम्बर ५ मा एकिकृत नेकपा माओवादीबाट असन्तुष्ट भएर स्वतन्त्र हैसियतमा उम्मेदवारी मनोनयन दर्ता गराएका बौली चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख साहले बताउनुभयो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन मंगलवारसम्मको समय उपलब्ध गराएका थियो ।  
यसअघि सोमवार मात्रै सप्तरीको क्षेत्र नम्बर २ मा अखण्ड नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका सन्तोष कुमार यादव र मधेशी जनअधिकार फोरम गणतान्त्रिका तर्फबाट क्षेत्र नम्बर ६ मा उम्मेदवारी दर्ता गराएका अरवेन्द्र कुमार यादवको उम्मेदवारी सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो । 
अखण्ड नेपाल पार्टीका उम्मेदवारको प्रस्तावक र समर्थक सम्बन्धित क्षेत्रको नभएको र फोरम गणतान्त्रिकका उम्मेदवारको २५ बर्ष उमेर नपुगेको भन्दै उहाँ दुबै जनाको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट