News Category 2073/11/07

सप्तरी र पाँचथरको पत्रकार महासंघको अधिवेशन स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी शुक्रबार खोलेको छ । 
महासंघ र प्रेस युनियन नेतृत्वबीच दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले फागुन २ गते तालाबन्दी गरेको थियो । 
तालाबन्दी खुलेपछि पूर्वका १४ जिल्लामा शनिबारका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने पक्का भएको छ । तर विवाद भएका दुई पाँचथर र सप्तरी जिल्लामा भने शनिबार चुनाव हुनेछैन ।
युनियनले सरोकार देखाएका नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलख, काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको सदस्यता विवाद महासंघको सचिवालयले सहमतिका आधारमा टुंगो लगाउने महासचिव उजिर मगरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट