News Category 2073/11/08

आगलागीमा १५ घर जल्यो करिब २४ लाख बराबरको क्षति

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको को. बरसाईन गाविस १ मा शनिबार बिहान आगलागि हुँदा १५ घर जलेर नष्ट भएको छ । 
सो गाविस १ बस्ने बालगोबिन्द यादवको गाई गोठबाट सल्किएको आगोले नजिकै रहेका अन्य १५ वटा घर जलेर नष्ट भएका छन् । 
गोठमा बालेको घुरबाट अचानक सल्किएको आगोले बालगोबिन्द यादवको २ वटा कच्ची घर सोही ठाउँका भुल्टेन यादवको ३ वटा घर, किसुनदेव यादवको २ वटा घर, शम्भु यादवको १ वटा घर, शैलेन्दर यादवको २ वटा घर, बद्री यादवको २ वटा घर, बिसुनदेव यादवको २ वटा घर तथा गोठमा समेत आगलागी हुँदा अन्दाजी २३ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागी स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट