News Category 2073/11/09

पकरी गाविसमा ड्रामा क्लिनिक संचालन हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ८ फागुन । 
प्रहरी र स्थानियबीच सम्बन्ध सुधारका हुने उद्देश्यका साथ सप्तरीको पकरी गाबिसमा तीन दिने ड्रामा क्लिनिक शुरु हुने भएको छ । 
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा आयोजित पहुच परियोजना अन्र्तगत सो क्लिनिक सुरु हुन लागको हो । 
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिनुभयो ।
३० जना समुदाय र १० प्रहरीलाई सहभागी गराई विभिन्न अनुभवमा आधारित सिकाईका नयाँ तरिकाहरु जस्तै समुह कार्य, प्रभावकारी समन्वय, प्रभावकारी संचार, संवेदनशील वर्गको सहभागीताको महत्व, समस्या पहिचान तथा समाधानका विभिन्न उपायका वारेमा खेलविधि प्रयोग गर्ने र शान्ति, द्वन्द्व, हिंसा, नेपाल प्रहरीको काम कर्तव्य र अधिकार तथा समुदायको दायित्व र कथा सुनाउने शेषनहरुको मदतले प्रहरी र समुदायले एक अर्काका कार्य र अप्ठ्याराहरु बुझी सहकार्य गर्ने वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । 
पाँच वटा गाविसको क्लस्टरमा आधारित भएर कार्यक्रममा स्थानिय महिला निगरानी समुह, महिला स्वयंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समुह, नागरिक वडा मञ्च, विद्यालय व्यवस्थापन समिति, दलित समुह र संस्थाहरुबाट सहभागीहरुले प्रतिनिधित्व गरिरहेका छन् । 
त्यसैगरि कार्यक्रममा सहभागी प्रहरीहरुले क्लस्टर अन्तर्गतका नेपाल प्रहरीका स्थानिय कार्यालयहरुलाई प्रतिनिधित्व गरिरहेका छन् । सो कार्यक्रममा सप्तरी जिल्लाका ४ गाबिस तथा १ नगरपालिका (गाबिस हरिहरपुर, को मधेपुरा, डाढा, पकरी तथा योगिनिमाई नगरपालिका) का ६÷६ जना सहभागि रहेका छन भने जिल्ला प्रहरी कार्यालय सप्तरीले स्थानीय चौकीहरुबाट १० जना सहभागि उपलब्ध गराउने सबल नेपालका पहुच परियोजना संयोजक रोशन कुमार मण्डलले दिनुभयो ।
सन् २०१७ मा जम्मा ३ वटा ड्रामा क्लीनिकको आयोजना गर्ने तथा प्रत्येक क्लिनिकको अन्तिम दिन मैत्रिपूर्ण नाटक प्रतियोगिता भब्य रुपमा आयोजना गरिनेछ । प्रहरी र समुदायहरुको सम्मिश्रण रहने दुई टिमले मैत्रिपूर्ण नाटक प्रदर्शन गर्नेछन् । 
कार्यक्रमपछि नियमित रुपमा प्रहरी र समुदायका विच संवाद गराउने, स्थानिय शान्ति सुरक्षाका रणनीतिहरु तयार पार्ने र त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम “पहुँच” परियोजना अन्तर्गत रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट