News Category 2073/11/09

बैदेशिक रोजगारका क्रममा कतारमा रहेका सरदारको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ८ फागुन । 
सप्तरी जिल्लाको गाबिस जमुनि मधेपुरा वार्ड नं ९ भथौल टोलका एक जनाको बेदैशिक रोजगारको सिलसिलामा कतारमा मृत्यु भएको छ ।
बिगत एक वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतार पुगेका सप्तरीको जमुनी मधेपुरा ९, भथौल निवासी ३५ वर्षिय राम सरदारको गत शुक्रवार कामबाट फर्किएर सुतेको अवस्थामा मृत्यु भएको परिवारजनले जनाएको छ ।
सरदार बैदेशिक रोजगारको शिलशिलामा टु सि इन्टरनेशनल मैनपावर कम्पनी काठमाण्डौबाट कतारमा राजमिस्त्रीमा काम गर्न गएको मृतकका परिवारजनले बताएका छन ।
यता मृतक सरदारको आर्थिक अवस्था एकदम कमजोर र दुई छोरा र एक छोरी रहेको सबल नेपालका कार्यक्रम संयोजक अशोक कुमार साहले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट