News Category 2073/11/10

सरकार माँग बारे गम्भिर नभएको भन्दै स्वास्थ्यकर्मीहरुले निकाले मौन जुलुस

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
फागुन ३ गतेदखी आन्दोलनमा रहेका सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले सोमबार राजविराजमा मौन जुलुस निकालेका छन् । 
सरकारले आफूहरुको माँग बारे गम्भिर नभएको भन्दै विगत ८ दिनदेखी उनीहरु जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गरि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा धर्ना दिइरहेका छन् ।
प्रसुती सेवा बाहेक अन्य दैनिकी कामकाज ठप्प पारेर स्वास्थ्यकर्मीहरु स्वास्थ्यसंस्थामा तालाबन्दी गरेर जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा धर्ना बसेका हुन् । 
विभिन्न तहका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन तथा जेष्ठताका आधारमा स्वास्थ्य संस्था प्रमुख हुनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् । 
जिल्लाका १ सय १६ स्वास्थ्य संस्थाहरुमा कार्यरत करिब ६ सय स्वास्थ्यकर्मीहरु आन्दोलनमा गएपछि यहाँका डेढ लाख बढी सेवाग्राहीहरु प्रत्यक्ष रुपमा प्रभावित भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट