News Category 2073/11/11

टेम्पुको ठक्करबाट तीन विद्यार्थी घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 
राजबिराज नगरपालिका ९ स्थित राजविराज कुनौली सडक खण्डमा मंगलबार दिउँसो कुनौलीबाट राजविराजतर्फ जादै गरेको मे १ ह ५१ नम्बरको टेम्पुले ठक्कर दिएर तीन बालबालिका घाइते भएका छन । 
घाइते हुनेमा स्थानीय शिव इन्टरनेशनल बोर्डिङ स्कुलका बिद्यार्थीहरु इटर्हवा ७ बस्ने ९ वर्षिय बिष्णु यादव, रामपुरामल्हनिया बस्ने १४ वर्षिय मोहमद मजेबुल मियाँ तथा इटहरीबिषनपुर बस्ने ३ वर्षिया मेनुका खातुन रहेका छन् । 
घाईतेमध्ये बिष्णु यादव र मोहमद मजेबुलको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिने टेम्पुसहित चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको मधुपट्टी ९ मा बसको ठक्करबाट दुई जना घाइते भएका छन । 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५४८ नम्बरको बसले मंगलबार बिहान विपरीत दिशाबाट आउँदै गरेको स ५ प ५४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सप्तरी सिस्वाबेल्ही ७ बस्ने उपेन्द्र मण्डल र पछाडी सवार उनकी पत्नी कल्पना मण्डल घाइते भएका छन । घाइते दुबै जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट