News Category 2073/11/12

नयाँ शक्तिद्वारा आन्दोलनमा ऐक्यबद्धता

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनमा नयाँ शक्ति पार्टी नेपाल सप्तरीले ऐक्यवद्धता जनाएको छ ।
पार्टीका जिल्ला संयोजक छेदी रजक बिमलले एक विज्ञप्ती प्रकाशन गरी सहमति विपरीत निर्वाचनको मिति घोषणा गरिएको सरकारको यो कदमको घोर भत्र्सना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सरकारको उक्त निर्णयबाट दलित, जनजाती, आदिवासी, मधेशी, मुस्लिम, थारु, सिमान्तकृत समुदाय लगायतका पिछडिएका समुदायप्रति कुठाराघात भएको भन्दै जारी आन्दोलनप्रति एक्यवद्धता जनाएको छ ।
साथै मधेशवादी दल र सरकारबिच विगतमा भएको चार बुँदे सहमति र ती मध्ये वर्तमान संविधानलाई सर्वस्विकार्य बनाई निर्वाचनको मिति घोषणा गर्ने वा मधेश सँग सम्बन्धित संसदमा दर्ता भएको बिधेयक मधेशवादी गठबन्धन सहितको सहमतिमा आवश्यक परिमार्जन गरी संसदबाट पास गराउने सहमति अनुसार हुनुपर्ने माँग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट