News Category 2073/11/15

क्याम्पस प्रमुखद्वारा सूचना टाँस गर्दै निर्वाचनको सबै कार्यक्रम स्थगित

दैनिक समाचारदाता

राजविराज÷स्ववियु निर्वाचन तालिका अनुसार शनिबार मनोनय दर्ता गर्ने मिति रहेपनि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा निर्वाचनको कुनै गतिविधी हुनसकेन् । 
मधेशी विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेकोपछि शुक्रबार क्याम्पस प्रमुख डा. सर्वेषचन्द्र मिश्रले असहज परिस्थितिका कारणले गर्दा सूचना टाँस गरि निर्वाचनको सबै कार्यक्रम स्थगित गर्नुभएको विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादवले जानकारी दिनुभयो । 
यसअघि मधेशी विद्यार्थी संगठनहरुको सोमबार सम्पन्न एक भेलाबाट स्ववियु निर्वाचन नगराउने निर्णय गरेको थियो । 
बैठक पश्चात् समाजवादी विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेशवर यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, मधेशी विद्यार्थी लोकतान्त्रिकका अध्यक्ष सत्येन्द्र यादव, तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष संजिव मण्डल, संघिय विद्यार्थी संघका अध्यक्ष महेश कुमार यादव, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष आनन्द यादव, मधेशी विद्यार्थी फोरम गणतान्त्रिकका अध्यक्ष बिरेन्द्र यादव, तराई मधेशी सदभावना मंचका अध्यक्ष अरविन्द्र रामद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने जनाईएको थियो ।
त्यस्तै जारी विज्ञप्तीमा मविव क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने तथा त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने जनाउँदै क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा लगाईएको तालाबन्दी यथावतै रहेको । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट