News Category 2073/11/15

एमालेको मेचिमहाकाली अभियानको तयारी सुरु

दैनिक समाचारदाता

राजविराज÷नेकपा (एमाले) का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले झुठा प्रचार गरेर नेपाली जनताको एकता कमजोर पार्ने षडयन्त्रविरुद्ध मेचिमहाकालि अभियान सञ्चालन हुन गइरहेको बताउनुभएको छ । 
अभियानको तयारीका लागि कञ्चनरुपमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै मण्डलले  जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकतालाई बलियो बनाउन एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतकाले आवश्यक तयारीका लागि निर्देशन दिनुभयो ।
सोही भेलाले बसन्त मिश्रको संयोजकत्वमा ४५ सदस्यीय आवास तथा भोजन व्यवस्थापन समिति गठन गरेको छ । 
भेलामा स्थायी कमिटि सदस्य मण्डल, जिल्ला अध्यक्ष न्यौपाने, उपसचिव प्रतापनारायण चौधरी, जिल्ला सदस्यहरु निरन्जन झा र अखिलेश झालगायतको उपस्थिती रहेको थियो ।
यस्तै शनिबार राजविराज वडा नं. १० को भेला समेत सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष जैनुल मियाँको अध्यक्षतामा सम्पन्न वडा भेलामा जिल्ला अध्यक्ष न्यौपाने, पूर्व सचिव दिवाकर देवकोटा, उपसचिव चौधरी, जिल्ला सदस्यहरु सलिम मियाँ, निरन्जन झा र अखिलेश झाको सहभागिता रहेको थियो ।   
नेकपा (एमाले)ले आगामी फागुन २१ गतेदेखि सुखानीका सहिद दिवसका अवसरमा ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्दैछ । 
झापाबाट शुभारम्भ हुने अभियान फागुन २३ गते सप्तरी हुँदै विभिन्न जिल्लामा ¥याली, सभा र रचनात्मक कार्यक्रम गरे पश्चात चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट