News Category 2073/11/16

प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछ ः अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
झापा, १५ फागुन ।  
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशिक सरकारले मात्र स्थानिय तहको निर्वाचन गर्न सक्ने बताउनुभएको छ । 
संघीय प्रेस फोरमले आइतबार झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने दाबी गर्दै सरकारले स्थानीय तहको निर्वाचन जबरजस्ती गर्न खोज्यो भने संघीयता धरापमा पर्ने बताउनुभयो । 
सोही पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको चुनाव हुन्छ भनेर सरकारले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै प्रधामन्त्री पुष्पकमल दाहालले सरकार गठनका बेला मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउनुभयो । 
यस्तै सहमति कार्यान्वयनमा चासो नदेखाइएका कारण सरकारलाई मोर्चाले दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने चेतावनी समेत दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट