News Category 2070/06/25

निर्वाचन आचार संहिता र सुरक्षाबारे छलफल

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २४ असोज । 
आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको सिलसिलामा बिहीबार उम्मेदबारहरु, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र निर्वाचन कार्यालयबीच आचार संहिता र सुरक्षा रणनीतिबारे छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा उम्मेदवारहरुले निर्वाचन आचार संहिता, सुरक्षालगायतका विषयमा गम्भीर जिज्ञासा राखेको थिए । 
कार्यक्रममा जिल्ला ६ वटै क्षेत्रका २ सय ५० उम्मेदबारहरु, क्षेत्रका निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान अधिकृत एवम् सुरक्षा निकायका व्यक्ति र निर्वाचन कार्यालयका कर्मचारीहरुको उपस्थितिरहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट